Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका डिएसपी मिम लामाको कविताः गुनासोको कारोबार

मिमबहादुर लामा :- गुनासाहरूलाई मुद्दति खातामा नगद जम्मा गरेझैँ गुम्स्याई राख्नेहरू
चल्ती खातामा जुनसुकै बेला मनोमानी
कारोबार गरेझैँ गुनासो गर्दागर्दै नथाक्नेहरू
यी दुवै थरीका मानिसहरू मलाई अचम्म लाग्छ
किन गरिन्छ गुनासो ? किन गुम्स्याउँछन्
जो आफ्नो वशमा छैन
मरिहत्ते गर्ने किन ?

मेरो बुबाको हत्केलामा ठेला उठाउने हलोको
अनौ र कोदालोको बिँडसँग
मैले कहिल्यै गुनासो गरिनँ
घाँस काट्दा घाँसको मुठासँगै मेरी आमाको हात काटी रगत बगाइदिने हँसियासँग
मैले कहिल्यै पौँठेजोरी खेलिनँ
पुर्खाहरूले सदियौँदेखि पसिना बगाई खेतीपाती गर्ने जमिनलाई कहिल्यै बदख्वाइँ गरिनँ
कुटो, कोदालो, हँसिया, डोको, नाम्लो बरियोलाई
मैले कहिल्यै तिरस्कार गरिनँ
थकाउने उकली र पिँडौलामा कैँडा लगाउने
ओरालीसँग मैले कहिल्यै हिम्मत हारिनँ
किनकि तिनैले मेरो सपनाको वेगलाई द्रूत गतिमा उचाईमा पुर्याएको छ
त्यही उचाईले मेरो सपनालाई विपनामा परिणत गरिदिएको छ

अरुको सफलतामा खुशी हुन नसक्नेहरू
अरुको दुःखमा उत्सव मनाउनेहरू
जीवनमा सुखानुभूति कसरी लिने भन्ने जान्न नसक्नेहरू
गुनासोलाई चल्ती खाताझैँ जुनसुकै बेला
कारोबार गरेरै, डाहाको भाँडो भरेरै
कहिल्यै नथाक्नेहरू
मेहनत गर्नुपर्छ, मानवतालाई केन्द्रमा राख्नु पर्छ
पटक पटक प्रयास गर्नु पर्छ
सत्यमा विश्वास गर्न सिक्नु पर्छ
असफल हुँदा आत्तिने अनि सफलतामा मातेर
भूँईमा न भाँडामा हुने बानीलाई त्याग्नु पर्छ
गुनासोको कारोबारलाई सन्तुलनमा राख्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै