Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने कार्यालय सहयोगी काठमाडौंबाट पक्राउ

४ असोज , काठमाडौ । प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका एक जना पक्राउ परेका छन् ।

प्रहरीको सई हुँ भन्दै मान्छे पक्राउ गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले गोविन्द श्रेष्ठलाई पक्राउ गरेको हो । ठगी आरोपमा पूर्वकार्यालय सहयोगी तथा नक्कली सई खोटाङको जन्तेढुंगा गाउँपालिका–३ घर भइ काठमाडौं बस्दै आएका २९ वर्षीय गोविन्द श्रेष्ठलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

उनले चेक बाउन्स मुद्दाका फरार प्रतिवादी सरिता तामाङलाई पक्राउ गरिदिने भन्दै १५ हजार रुपैयाँ लिएर ठगी गरेको खुलेको छ । श्रेष्ठले आफू नेपाल प्रहरीको सई भएको बताउँदै तामाङलाई पक्राउ गरिदिने र त्यसका लागि १५ हजार चाहिने भन्दै ठगी गरेको आरोप छ ।

तामाङले आशिका वाईवा नाम गरेकी महिलालाई ४ लाख रुपैयाँ दिनुपर्नेमा ४ लाखको चेक दिएका थिए । तर उक्त चेक बाउन्स भएपछि वाइवा जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् ।

त्यही बेला श्रेष्ठले आफू सई भएको बताउँदै ठगी गरेको खुलेको हो । पक्राउ परेका श्रेष्ठ २०७३ देखि २०८० सालम्म प्रहरी कार्यालय सहयोगीमा जागिर खाएका थिए ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा रहेका बेला उनले जागिर छाडेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै