Comments Add Comment

Advertisment

SKIP THIS

पर्सा ट्राफिक एक्सनमा: एकै दिन १३ ओभरलोड ट्रक कारबाहीमा, दुई लाख बढी जरिवाना

वीरगञ्ज, कात्तिक ५ – वीरगञ्जको ड्राइपोर्ट चौकमा भएको ट्राफिक चेकजाँचमा १३ ओभरलोड गाडीहरूलाई पक्राउ गर्दै २ लाख १२ हजार ४ सय १७ रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अस्थायी ट्राफिक पोस्ट ड्राइपोर्टमार्फत ओभरलोड भएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिई कानुनी कारबाही गरेको हो।

प्रहरीका अनुसार, उक्त गाडीहरू वीरगञ्जको एकीकृत चेकपोस्ट (आईसीपी)बाट विभिन्न गन्तव्यतर्फ जाँदै थिए। ती गाडीहरूमा सिमेन्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ (फ्लाई एश) लोड गरिएको थियो र सबै गाडीहरू भारतीय नम्बर प्लेटका थिए।

ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टले ओभरलोड भएका गाडीहरूलाई ११ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको जानकारी दिए। ओभरलोडका कारण सडकहरूको अवस्थालाई गम्भीर रूपमा क्षति पुर्याउने र सवारी दुर्घटनाको जोखिम बढाउने खतरा भएकाले यस प्रकारका चेकजाँचलाई निरन्तरता दिने उनको भनाइ छ।

ओभरलोड गाडीहरूले सडक सुरक्षामा गम्भीर चुनौती निम्त्याउने भएकाले यस कदमले दुर्घटनाहरू घटाउन र सडक सुरक्षामा सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै