२० कार्तिक , काठमाडौ । नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा।डा। शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।
यस्तै नेकपा एमालेले डा। सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।