Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तु प्रहरीद्वारा डेढ महिनामा नै ठुलो संख्यामा फरार प्रतिवादीहरू पक्राउ गर्न सफल

काठमाडौँ । कपिलवस्तुबाट प्रहरीले पछिल्लो डेढ महिनामा ठुलो संख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी प्रमुखको जिमेवारी सम्हाले सँगै प्रहरी उपरीक्षक (एसपी) निरञ्जनदत्त भट्टले जिल्ला अदालतबाट दोषी करार भएका फरार अपराधीको पक्राउ गर्ने अभियान अन्तर्गत असोज १३ भन्दापछि जिल्लाको विभिन्न ठाउँबाट ८३ जना फरार अभियुक्त पक्राउ गरेका हुन् ।

अदालतबाट कैद र जरिवाना ठहर भएपछि फरार प्रतिवादीहरूलाई चाडपर्वको अवसरमा मुभमेन्ट गरेको भेटेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बन पैदावार मुद्दाका १४ जना, ज्यान सम्बन्धी कसुरका २ जना, सवारी ज्यान मुद्दाका १ जना, चेक अनादर मुद्दाका ५ जना, अंश मुद्दाका ५ जना र नीलगाईको शिकार गर्नेहरु ११ जना छन् ।

अपराध गरेर दोषी करार भइसकेका मानिसहरु पक्राउ नपर्ने र समाजमै रहने प्रवृत्तिले नराम्रो म्यासेज गएको छ । अपराध गरेर पनि उन्मुक्ति पाइन्छ भन्ने गलत मानसिकताले गर्दा अपराधलाई प्रोत्साहन भए जस्तो देखिएकाले कपिलवस्तु प्रहरीले अदालतबाट दोषी ठहर भएका अपराधीहरुलाई पक्राउ गर्ने अभियान चलाएको एसपी भट्टले बताए ।

बलात्कार मुद्दामा फरार ३ जना पक्राउ परेका छन् । अदालतले ती प्रतिवादीहरूबाट ४ लाख ८७ हजार जरिवाना र ४८ वर्ष ५ महिना कैद सजाय ठहर गरेको थियो । कार्तिक २५ मा मात्रै १२ जना प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको एसपी भट्टले जानकारी दिए ।

‘अपराध गरेर समाजमा खुलेआम हिँड्न पाइन्छ, प्रहरी समाउन आउँदैन भन्ने नकरात्मक सन्देश जाने भएकाले यस्ता अपराधीलाई उत्मुक्ति नदिनको लागि पक्राउ गर्ने अभियान चलाएका हौँ,’ एसपी भट्ट भने, ‘यसले गर्दा प्रहरीको शान्ति सुरक्षा कायम गर्ने सवालमा पनि प्रश्न उठ्ने भएकाले अभियान चलाउनुपरेको हो ।’

फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान चलाएकाले आगामी दिनहरुमा पनि यस्ता अपराधीहरुलाई कानूनको दायरामा ल्याउने एसपी भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै