Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरी प्रहरीको ठूलो सफलता: १७ क्युन्टल लागु औषध गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सप्तरीको राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले विशेष सूचनाका आधारमा बालुवा बोक्ने टिपरमा बालुवा र गिट्टीले छोपेर राखेको अवस्थामा १७ क्विन्टल ३६ किलो गाँजासहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राई रहेका छन् ।

एसपी खतिवडाका अनुसार उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालक राईलाई प्रहरीले पक्राउ गरेको थियो।

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै