Comments Add Comment

सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि निर्दयीताका साथ कानूनी कारबाही गर्न एसपी सुवेदीको निर्देशन

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेशराज सुवेदीले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको निरीक्षण गर्दै कसैलाई पनि सहुलियताको सुविधा नदिन निर्देशन दिएका हुन् ।

सडकमा काम गरिरहेकोश ट्राफिक प्रहरी राष्ट्रिय/अन्तराष्ट्रिय जगतको निगरानीमा रहने भएको समेत स्मरण गराउँदै एसपी नरेशराज सुवेदीले भने, ‘ट्राफिक प्रहरीको बोली, बचन, व्यवहार, अनुशासन र निष्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छविमै प्रभाव पार्छ । त्यसैले आफूलाई प्रहरीले संगठनको ऐनाका रूपमा प्रस्तुत गर्नुस् ।’

धुलो–धुँवा, घाम–पानी नभनी हरपल काममा खटिने ट्राफिक प्रहरीको एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने बताउँदै पोखरेलले आर्थिक पक्षमा शून्य शहनशीलताको नीति अवलम्बन गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै