Comments Add Comment

Advertisment

SKIP THIS

दुर्घटना न्यूनीकरणका लागि विशेष अभियानका साथ बागमती प्रदेशका ट्राफिक प्रहरी सडकमा

काठमाडौँ: पछिल्लो समय बढ्दै गएको दुर्घटना न्यूनीकरणका लागि बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनले विशेष अभियानको शुभारम्भ गरेको छ ।

सवारी चालकहरूको लापरवाहीले गर्दा दुर्घटनाका कारण नेपालमा बर्षेनी धेरै मानिसले ज्यान गुमाउने गरेका भन्दै ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख एसपी नरेशराज सुवेदीले बताएका छन् ।

एसपी नरेशराज सुवेदीले प्रहरीको पहिलो दायित्व जनताको सुरक्षा गर्नु भएको बताए । जनताको जिउ धनको सुरक्षा गर्नका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न अभियान सञ्चालन गरिएको उल्लेख गर्दै ट्राफिक प्रहरीले पाएको जिम्मेवारी महत्वपुर्ण भएको बताए ।

उनले भने सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि सरकारी, अर्धसरकारी, निजि क्षेत्र, मिडिया तथा नागरिक समाजको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ। सवै निकायहरुको आपसमा समन्वय र सहकार्यलेनै ट्राफिक व्यबस्थापन र दुर्घटनामा न्युनीकरण गर्न सकिन्छ। सडक दुर्घटनामा भैरहेको ठूलो जनधन्को क्षती न्युनिकरणका लागि सडकको स्तर, सडक प्रयोग कर्ताहरुको प्रवृतिमा सुधार गर्दै समयानुकुल कानुनको परिमार्जन गर्न उत्तिकै आवश्यक रहेको समेत एसपी सुवेदीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै