पर्साको हरपतगञ्ज चोकबाट ५० किलोग्राम लागु औषध गाँजासहित चार जना पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुर बस्ने वर्ष ४० को पारस यादव, पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुर बस्ने वर्ष ५२ मैनादिन मियाँ, पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ तीनटोलिया बस्ने वर्ष ३६ को अकबर मियाँ र पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ छक्कैया शिव महत्व रहेका छन् ।

विशेष सूचनाको आधारमा अपरिचित मानिसहरूले टाउकोमा गाँजा बोकी जाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरिएको हो ।

बरामद गाँजासहित व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।