Comments Add Comment

Advertisment

SKIP THIS

पर्सा प्रहरीले ५० किलो गाँजासहित चार जनालाई पक्राउ

पर्साको हरपतगञ्ज चोकबाट ५० किलोग्राम लागु औषध गाँजासहित चार जना पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुर बस्ने वर्ष ४० को पारस यादव, पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुर बस्ने वर्ष ५२ मैनादिन मियाँ, पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ तीनटोलिया बस्ने वर्ष ३६ को अकबर मियाँ र पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ छक्कैया शिव महत्व रहेका छन् ।

विशेष सूचनाको आधारमा अपरिचित मानिसहरूले टाउकोमा गाँजा बोकी जाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरिएको हो ।

बरामद गाँजासहित व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै