
२८ पुष ,काठमाडौ । १०१ केजी गाँजासहित मकवानपुरको हेटौंडाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा-१५ मा रहेको रातमाटे प्रहरी चेक चितवनतर्फबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डीएल १३ सी १५६१ को कारलाई रोकी जाँच गर्दा १०१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले कार चालक वीरगञ्ज महानगरपालिका-२६ का राजन रारुतलाई पक्राउ गरेको हो ।