Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी विश्व अधिकारीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले आज काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् ।

एसएसपी अधिकारीले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गर्दै । काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने जानकारी गराएका छन् ।

गलत काममा सोर्सफोर्स चल्दैन,अपराधीसँग सम्झौता हुँदैन कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्ने बताएका छन् । ‘‘म पनि कानुन अनुसार चल्छु र संगठन पनि त्यसरी नै चलाउँने एसएसपीले बताएका छन् ।

एसएसपी विश्व अधिकारीले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताए ।

प्रहरीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै