Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ७९औं कविता : झुक्याँउने गोरेटोमा हिडिँसके

आफैलाई भुलाईदिन्छु भावनामा घुमाएँर
आफैलाई बगाईदिन्छु आँशुहरू बनाएर
बिश्बासका घेराहरू आफैले तोडिसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।

दिनहरूमा झुट्टासपना बोक्ने बानिपरिसक्यो
रातहरूमा कल्पीकन बाँच्ने बाँनी परिसक्यो
सत्यताको घेराहरू आफैले तोडिसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।

सम्बन्धमा खोट देख्ने आँदत राम्रै बसिसक्यो
चलन भित्र चल्नुमा स्वार्थ आफ्नै बनिसक्यो
अपनत्वको घेराहरू आफैले बिगारिसकेँ
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।

कस्तोप्रकारको खोटआयोआफैलाई वगाँउने
आफैमाथि बिश्वास नहुने बिचारमा हिडनुपर्ने
गलत हो जान्दा जान्दै विवसतलाई स्विकारी सकेँ
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।

प्रेम केहोआर्कषण केको ब्यथाभित्रभिन्न छन्
बिबेक केहो बिश्वास केहो कथाभित्र भिन्न छन्
परिभाषा भिन्न ब्याख्या भित्र अबस्थामा मिलीसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै