नेपाल प्रहरी श्रीमतीद्वारा आयोजित ११५ औं अन्तराष्ट्रिय नारी (महिला) दिवासको अवसरमा देशभरबाट १९ (उन्नाईस) जना उत्कृष्ट महिला प्रहरी कर्मचारी छनौट गरी सम्मान कदर-पत्र तथा दोसल्लाले सम्मान l

प्रहरी संगठनमा कार्यरत रही विभागिय नीति निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भई जिम्मेवारीपूर्ण तवरले उच्च मनोबलका साथ संगठनको श्रीवृद्धिका लागि अपराध अनुसन्धान तथा शान्ति सुरक्षा अमनचयन / जनचेतना / कार्यालयको अभिलेखीकरणमा उल्लेख्य कार्य सम्पादन गर्नु भएको हुँदा अन्तर्राष्ट्रिय नारी (महिला) दिवसको अवसरमा उहाँहरुले संगठनमा पुर्‍याउनु भएको योगदानको सम्मान स्वरुप यो कदर-पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष लक्ष्मी कुँवरले “समानताको पुस्ता” “अन्त गरौ हिंसा विभेद र असमानता” भन्ने नाराका साथ मनाइने ११५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, संघका सम्पूर्ण पदाधिकारीहरु लगायत महिला हकअधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा सुख शान्ति एवम् समृद्धिको लागि बधाई तथा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।