Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट काम गरेबापत १ जना प्रहरीलाई सम्मान गरेको छ । ट्राफिक प्रहरी कार्यालयले फागुन महिनामा उत्कृष्ट जिम्मेवारी बहन गरेको भन्दै प्रहरी साहायक निरीक्षक कृष्ण प्रसाद लुइटेल सम्मान गरेको हो ।

साे कार्यालयले काठमाडौँ उपत्यकामा हुने भीभीआईपी र भीआईपीको सवारी लगायत उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, सरल र सुरक्षित बनाउन अहम भूमिका निर्वाह गरेबापत लुइटेललाई ‘फागुन महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको ट्राफिक प्रमुख एसएसपी बिनोद घिमिरेले बताएका छन्।

एसएसपी घिमिरेका अनुसार असई लुइटेलले विभिन्न आपराधिक क्रियाकलाप तथा सवारी दुर्घटना गरी फरार सवारी साधनहरूलाई खोजतलास गरी कारबाहीको दायरामा ल्याउने, सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण, परिणाममुखी प्रहरी सेवा प्रदान, ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र दिएको जिम्मेवारी अनुशासित भई त्रुटिरहित ढङ्गबाट पारदर्शी रूपमा सम्पादन गरेको ट्राफिक कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै