Comments Add Comment

Advertisment

SKIP THIS

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेशप्रति प्रचण्डको आपत्ति

१४ जेठ , काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशप्रति आपति जनाएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमाथि छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले दुई अब खर्च भइसकेको भन्दै एयरपोर्ट निर्माणमा रोक लगाउने सर्वोच्चको तर्कबारे समेत प्रश्न उठाए ।

अध्यक्ष प्रचण्डले भने, ‘सर्वोच्चले त्यहाँ पर्यावरणको विषय उठाएको छ । तर, त्यो क्षेत्रमा जंगल छैन । मैले पनि निरीक्षण गरेको छु ।’ उनले यदि पर्यावरणकै खतरा छ भने त्यससम्बन्धी विज्ञ राखेर अध्ययन गर्नसमेत उनले सुझाव दिए ।

गएको बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिएको थियो । अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियाका लागि सरकारले तोकेको चारकिल्ला, गरेका सबै निर्णयहरु खारेज गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न पनि परमादेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै