बैशाख ११, काठमाडौ । काठमाडौंमा भएको सडक दुर्घटनामा नुवाकोटका माधव भट्टराईको मृत्यु भएको छ ।
बुधबार राती १० बजेको समयमा नुवाकोटको सूर्यगढी–४ का भट्टराईको काठमाडौंको बसुन्धारा र सामाखुसी बीचको ग्रिनसिटी अस्पताल अगाडि भएको दुर्घटनामा मृत्यु भएको हो । भट्टराईको ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चलाइरहेका भट्टराइलाई विपरित दिशाबाट आएको अनियन्त्रित टिप्परले ठक्कर दिएको स्थानीयको भनाई रहेको छ ।



