Comments Add Comment

Advertisment

SKIP THIS

नागरिकहरुले प्रत्यक्ष अनुभुती गर्ने गरी जनमुखी प्रहरी सेवा प्रवाह गर्न आईजीपी थापाको निर्देशन

काठमाडौँ : नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाले आज बागमती प्रदेश प्रहरी कार्यालयको अनुगमन, निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई पुर्ण व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी कर्मचारीले मात्रै प्रहरी संगठनको गरिमा बढाउन सक्ने भएकोले हरेक प्रहरी कर्मचारीहरुले असल आचरणको पालना गर्दै समय सापेक्ष कार्यक्षमता अभिवृद्दि गरी आफ्नो तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट वहन गर्न जोड दिनुभएको छ ।

आम नागरिकहरूको प्रहरी प्रतिको विश्वास र भरोसालाई आत्मसाथ गर्दै नागरिकहरुले प्रत्यक्ष अनुभुती गर्ने गरी जनमुखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । साथै संगठनको सुदृढीकरण र शुद्दिकरणमा आफुले जोड दिइरहेको बताउँदै संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाज्यूले प्रहरी संगठन राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख निकाय भएकाले हरेक प्रहरी कर्मचारी कानूनको पुर्ण अधिनमा रहि कार्य सम्पादन गर्न हुन स्पष्ट निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै