काठमाडौं, तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नम्बर ३ चिसापानीस्थित सडक खण्डमा भएको दु:खद मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ।
स्रोतका अनुसार, तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २६ वर्षीय अमित पुतुवारको घटनास्थलमै मृत्यु भएको हो। पुतुवार तारकेश्वर नगरपालिका वडा नम्बर ६ पुसल धर्मस्थलीका बासिन्दा हुन्।
मृतकलाई तत्कालै तारकेश्वर सिटी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ भने दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको जनाएको छ।






