Comments Add Comment

Advertisment

SKIP THIS

वैदेशिक रोजगारीबाट आर्जित पुँजी, सीप र प्रविधिलाई उत्पादनसँग जोड्छौं: मन्त्री श्रेष्ठ

३ पुष, काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मन्त्री श्रेष्ठले राज्यको नीति नै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रहेको बताएका बताउनुभयो । पछिल्लो समय श्रमिकमैत्री हुनेगरी विद्यमान नीति, ऐन तथा कानुनसमेत परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकसँग दुई पक्षीय सम्झौतामासमेत श्रमिकमैत्री हुने गरी पुनरवलोकन एवं नवीकरणको काममा मन्त्रालय क्रियाशील रहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘आप्रवासी श्रमिकहरूले श्रम गरी कमाएको पैसाले आफ्नो मातृभूमिको आर्थिक विकासमा टेवा पुर्यालइरहेका छन् भने रोजगारदाता मुलुकको विकासमा योगदान दिइरहेका छन् । श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हक रक्षाका लागि श्रम ऐन, २०७४ लाई थप श्रमिकमैत्री बनाइनुका साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment