Comments Add Comment

Advertisment

SKIP THIS

प्राविधिक मर्मतपछि नारिता उड्यो वाइडबडी जहाज

२९ भाद्र , काठमाडौँ । प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ।

गए राति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुवाँ आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको थियो।

एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा प्राविधिक समस्या देखिनासाथ विमान चालकले जहाजलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए।

उक्त जहाज मर्मतपछि बिहान १० बजे नारिताका लागि उडान भरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। उनले भने, ‘हिजो राति जहाज उडेको केही समयपछि प्राविधिक समस्या देखिएकाले जहाज फर्किएको थियो, प्राविधिक मर्मतपछि जहाज उडिसक्यो, कार्गो होल्डमा धुवाँ देखिएपछि जहाज काठमाडौँ फर्किएको थियो।’

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारो बडी जहाज छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै