Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको शान्तिनगरमा विद्यार्थी मृत फेला

४ पुष काठमाडौ । काठमाडौंको शान्तिनगर स्थित ओम कारेश्वर मन्दिर नजिकै क्याम्पस पढ्दै गरेका विद्यार्थी झुण्डिएको अवस्थामा भेटिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ घर भई शान्तिनगरमा डेरामा बस्ने २५ वर्षीय विवेकानन्द राजपाल आफ्नो कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । राजपाल ओम कारेश्वर चोकस्थित ग्लोबल आइएमई बैंक भएको घरको दोस्रो तलामा बस्थे ।

आइतबार अबेरसम्म ढोका नखुलेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment