Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्षमा फेरि प्रचण्ड हुने निश्चित : महासचिवमा यी चार नेताबीच प्रतिस्पर्धा

८ पुष , काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । पुस ११ गतेदेखि १३ सम्म काठमाडौंको प्रज्ञाभवनमा हुने सम्मेलनमा १५ सय भन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ ।

माओवादी केन्द्रको विधान अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । यधपी नेताहरुले विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउँने बारेमा छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रले विधान परिमार्जन गर्नका लागि विधान मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरेको छ ।

विधान मस्यौदा समितिका संयोजक गुरुङले सम्मेलनको हलबाट पारित हुने व्यवस्था अनुसार पदाधिकारी चयन गरिने बताए । पदाधिकारी संख्या बढाउँने बारेमा छललफल जारी रहेको बताउँदै उनले सम्मेलनले नै अन्तिम टुंगो लगाउने बताए ।

अध्यक्षमा प्रचण्ड
माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै आउँने भएका छन् । माओवादी केन्द्रका नेताहरुले प्रचण्डको बिकल्पमा अर्को नेता नभएकाले उनी नै फेरी अध्यक्ष हुनेछन् ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गुरुङले विगत तीन दशक भन्दा बढीदेखी पार्टीको नेतृत्व गर्दै आएका नेता भएको ठाउँमा अर्को नेता आउने सम्भावना नभएको बताए ।

‘उहाँ ९प्रचण्ड० नै फेरी अध्यक्ष बन्नुहुन्छ । विगत तीन दशक भन्दा बढी समयदेखी उहाँले पार्टीको नेतृत्व गर्दै आउँनुभएको छ । उहाँ हुँदाहुँदै अर्कोले दावी गर्ने सम्भावना छैन्’ गुरुङले भने ।

माओवादी केन्द्रका अर्का नेता राम कार्कीले तीन दशकदेखि पार्टी अध्यक्ष रहेका प्रचण्डको विकल्प आगामी सम्मेलनमा पनि नदेखिएको बताउँछन् । माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता समेत नदेखिएको कार्कीको दाबी छ ।

‘त्यो पार्टी अध्यक्ष फेरिने स्थिति देख्दिनँ । त्यो हुनुपथ्र्यो, भएन् । कांग्रेसमा पनि त्यो देखिएन, एमालेमा पनि देखिएन’ नेतृत्व परिवर्तको सम्भावना बारेमा कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै