११ पुष काठमाडौ । राष्ट्रिय संगितकर्मि संघ ललितपुर ले गोदावरी नगरपालिका भित्रका कलाकारहरुलाई एकै ठाउँमा जमघट गरि कार्यसमिति गठन कार्य गरेको छ।
राष्ट्रिय संगीतकर्मी संघ ललितपुरको आयोजनामा शनिवार गोदावरी नगरस्तरिय कलाकार समितिको पुनर्गठन गरिएको हो ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा अध्यक्षहरु भाष्कर थापा, मिलन सिलवाल, गिरिप्रसाद तिमल्सिना ,बाग्मति गाउपालिका वडा अध्यक्ष विष्णुप्रसाद तिमल्सिना लगायत अन्य सामाजिक अभियन्ताको साथै राष्ट्रिय संगीतकर्मी संघ ललितपुरका अध्यक्ष सुवास महत , महिला उपाध्यक्ष सबिना दाहाल , प्रवक्ता गोमा पाण्डे, सह -कोषाध्यक्ष सम्झना घिमिरे, सदस्य समीर तिमल्सिनाको सहभागिता रहेको थियो ।
प्रवक्ता पान्डेले नै उक्त कार्यक्रम संचालन गरेकी थिईन् उनी नेपाल टेलिभिजन मा कृषि कार्यक्रम र किसान टेलिभिजनमा बुढि आमा सङ्गको कुराकानि कार्यक्रम संचालन गर्दै आईरहेकि छिन
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष महत कलाकर्मीहरु लाई एक ढिक्का वनाउने प्रयत्न बिगत १० वर्ष देखि गर्दै आएको एक्लैले गर्दा कुनै पनि काम सम्भव नहुने भएर सांगठनिक शक्तिको आवस्यकता महसुस गरि संगितकर्मि संगको स्थापना गरिएको र संस्थागत हिसावले अगाडि बढ्नका लागि हातमा हात साथमा साथ दिएर अगाढि बढ्न सकियो भने निश्चय नै हामी गन्तब्यमा पुग्न सक्छौ सबैलाई एक भएर अगाडि बढ्न आव्हान गरेको छन्।
जिल्ला भरिका कलाकाकर्मीहरु लाई समेट्न सबै को साथ सहयोग अपरिहार्य रहेको ले सहयोग को अपेक्षा सबै सरोकारवाला सङ्ग रहेको र सबै कलाकर्मीहरु लाई संस्था मा स्वागत गर्न तत्पर रहेकाले सबैलाई संस्थागत हुन सहयोग गरि कलाकार को हक हितमा कार्य गर्नको लागि पनि सबैलाई बिशेष अनुरोध समेत गर्दै नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
प्रमुख अतिथिको रुपमा राष्ट्रिय संगितकर्मि संघका भर्खरै निर्वाचित केन्द्रीय अध्यक्ष बिक्रम जंग शाह को उपस्थिती ले कार्यक्रम को अझ शोभा थपेको थियो । कलाकारले मनोरञ्जन त दिन्छन् नै, दुःख अप्ठेरो पर्दा दुखमा मलह्म पट्टि लगाएर साथ र सहयोग गर्ने काम पनि गर्छन् कलाकार हरुको हक हितको लागि अन्तिम श्वास सम्म लड्ने छु भनेर आफ्ना गहन भनाई प्रमुख अतिथि शाहले राख्नु भयो ।




