Comments Add Comment

Advertisment

SKIP THIS

गायक तथा अभिनेता यश कुमारले कोभिड भ्याक्सिन लगाउन ‘जात’ छुट्याइएको प्रती आपत्ति

११ जेठ ,  काठमाडौ । गायक तथा अभिनेता यश कुमारले स्वास्थ्य मन्त्रालयले कोभिड भ्याक्सिन लगाउनका लागि तयार पारेको फाराममा राखिएको व्यहोराप्रति आपत्ति जनाएका छन् । उनले फेसबुकमा एक भिडियोमार्फत फाराममा ‘जात’ छुट्याइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘यो फाराममा जात छान्नुपर्ने रहेछ । सायद इण्डिया र चाइनाले जात हेरी हेरी भ्याक्सिन पठायो होला । त्यही भएर जात छुट्याइएको होला’, फाराममा रहेको ‘मधेसी’ शब्दप्रति लक्षित गर्दै उनले भनेका छन्, ‘मधेसी भनेको के रु मधेसमा बस्ने सबैजनालाई मधेसी भनेको हो या लुंगी या धोती लगाउनेलाई मधेसी भन्न खोजिएको हो । काठमाडौंमा बस्ने अधिकांश त तराईबाटै आउनुभएको छ । प्रधानमन्त्रीज्यू पनि तराईबाटै आउनुभएको छ । धेरै सेलिब्रेटी पनि तराईबाटै हुनुहुन्छ । म आफैं तराईमा जन्मिएको । मैले केमा चिन्ह लगाउने ।’

उनले आफ्नो एक मुस्लिम साथी केही समय अघि हिन्दु धर्म अपनाएको स्मरण गर्दै फाराममा हिन्दु र क्रिश्चियन धर्म भनी छुट्याइएकोमा चित्त दुखाए ।

‘अहिले मान्छे कसरी बाच्ने भन्ने अवस्थामा कतिखेर के हुन्छ भन्ने कसैले भन्न सक्दैन । मान्छे कसरी पल–पल बाच्ने भन्ने अवस्थामा नेपाली नागरिकतामा भ्याक्सिन लगाउन पाइदैन रु अहिले विदेशीलाई पनि समातेर भ्याक्सिन लगाउनुपर्ने बेलामा औषधि र भ्याक्सिन लगाउने फाराममा एकअर्काको जात छुट्याइदिएको छ’, उनले भनेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयको शैलीले जातीय भेदभाव गर्ने मानिसहरुलाई टेवा र आत्मविश्वास बढाएको दाबी गरेका छन् । ‘सरकारले यस्तो औषधि गर्नुपर्ने विषयमा यसरी छुट्याएर उनीहरुलाई प्रोत्साहन गर्नुहुँदैन’, यशले अगाडि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै