१६ पुष काठमाडौ । लामो समयदेखि अमेरिकामा रहदै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत ‘नाचम नाचम’ भिडियो सार्वजनिक गरिएको छ ।
राजधानीमा आयोजित एक समारोहका बीच हास्य कलाकार मदनकृष्ण श्रेष्ठले भिडियो सार्वजनिक गरेका थिए । डान्सिङ्ग नम्बरको रुपमा आएको गीतमा सम्झनालाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीकै छ । राजन इशानको संगीत संयोजन रहेको गीत उत्कृष्ट बनेको कलाकार श्रेष्ठले बताए ।
राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा गम्भीर बिस्ट, सम्झना पाण्डे, राहुल शाह, साइलेश विष्ट र कविता न्यौपानेको अभिनय छ । हरि हुमागाईंको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन गीतमा छ । यसअघि ४ गीत सार्वजनिक गरिसकेकी पाण्डेले रेडियो नेपालको बाल कार्यक्रमबाट गायन थालेकी हुन् । उनी नर्स पेसामा पनि आवद्ध छिन् ।








