Comments Add Comment

Advertisment

SKIP THIS

क्रिकेटर क्विन्टन डी ककले टेष्टबाट लिए सन्यास

१६ पुष काठमाडौ । दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी ककले ३४ र २१ रन जोडेका थिए । ‘मेरो भविष्य कस्तो हुन्छ भन्नेबारे सोच्न धेरै समय लगाएको छु,’ डी ककले भनेका छन् ।

दक्षिण अफ्रिकाबाट ५४ अन्तर्राष्ट्रिय टेस्ट खेलेका डी ककले ३३०० रन बनाएका थिए ।‘भारतविरुद्धको आगामी टेस्टका लागि टोलीलाई शुभकामना । अब हामी एकदिवसीय र टी(२० मा भेट्ने छौं,’ २९ वर्षीय डी ककले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै