Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

१८ पुष , काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । देउवाले आइतबार कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

मनोनयनसँगै कांग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ । विधानमा कांग्रेस केन्द्रीय सदस्य संख्या १६८ हुने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै