Comments Add Comment

Advertisment

SKIP THIS

गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने लामाले मागे माफी

१९ पुष , काठमाडौ । गायक राजेश पायल राईमाथि स्टेजमा नै दुर्व्यवहार गर्ने व्यक्तिले माफी मागेका छन् ।

गत शुक्रबार अमेरिकाको न्युयोर्कमा कार्यक्रमकै दौरान राईमाथि आक्रमण भएको थियो । अमेरिकामा रहेका ससाङ लामाले सामाजिक सञ्जाल फेसबुकबाट सो कुराको जानकारी दिँदै गायक रईले पनि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पालाई माफी दिएको जिकिर गरेका छन् ।लामाका अनुसार हिमाली संस्कार अनुसार शेर्पाले ‘बिजुली पानी’ (रक्सी) राखेर ‘शिर उभाउनी’ गरेर माफी मागेका थिए । लामाले सो विवाद सल्टिएको र गायक राई न्युयोर्कमा रमाइलो गरिरहेको पनि बताएका छन् ।

​लामाले फेसबुकमा लेखेका छन् स् शिर उभाउनी १ रिसको आवेगमा ‘तँलाई म नमारी छोड्दिन’ भन्छन्  तर मारी त हाल्दैन नि १ त्यस्तै राजेश पायल राईको कन्सर्टमा, स्टेजैमा चढी पासाङ दावा शेर्पाले राजेशलाई अभद्र व्यवहार गरे, जसको उनलाई पछुतो भयो र रक्सी र खादा लागि ‘शिर उभाउनी’ गरेर माफी मागे्र हाम्रो हिमाली संस्कार र किराँती संस्कारमा बिजुली(पानी राखेर माफी मागी सकेपछि खुला हृदयले माफी दिन्छन्  परापूर्वकाल देखि नै हाम्रा पुर्खाहरूले झगडा रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन्  अब आगो माथि घिउ थप्ने काम नगरौँ ?

यसैबीच राईले पनि एक भिडियोमार्फत आफूले शेर्पालाई माफी दिएको बताएका छन् । राईले शेर्पासँगैको भिडियो सेयर गर्दै माफी दिएको बताएका हुन् । आरोपितले पनि आफूले दुर्व्यवहार गरेको नभइ राईलाई मापसेको सुरुमा स्टेजमा गएर हक गर्दा गलत सन्देश गएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै