Comments Add Comment

Advertisment

SKIP THIS

संसद विघटनले नेकपा (एमाले)को अकाल मृ’त्यु

२१ पुष, काठमाडौ । ०७५ साल पुस ५ गतेको संसद विघटनले नेकपा (एमाले)को ‘अकाल मृत्यु’ निम्त्याएको छ ।

संविधानविपरीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद विघटन गरेपछि एमाले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । संसद् विघटनपछि संघदेखि प्रदेशसम्मका पाँचवटा सरकार गुमाएको नेकपा ९एमाले०ले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप आठ सांसद पनि गुमाउँदै छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र जनमोर्चाले राष्ट्रिय सभाको आगामी निर्वाचनमा तालमेल गरेका छन् । तालमेल गरेअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच–पाँच, जसपाले दुई र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवार उठाउने छन् ।

जुन पार्टीबाट सांसद रिक्त हुने हो, त्यो सिट सोही पार्टीलाई दिने गरी एमालेले जितेका आठ सिटमा गठबन्धनले भागबन्डा गरेको छ । एमालेले जितेका आठ सिटमध्ये कांग्रेसलाई तीन, जसपालाई दुई, माओवादी, एकीकृत समाजवादी र जनमोर्चालाई १–१ सिट छुट्याइएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका २३ सांसद छन् । एमालेका आठ, माओवादी केन्द्र र एकीकृत समाजवादीका चार–चार, कांग्रेसका तीन र मनोनीत एक सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ  । रिक्त हुने पदमा आगामी माघ १२ गते निर्वाचन हुँदै छ ।

पार्टी विभाजन हुनुअघि प्रदेश १ र बागमती प्रदेश सभामा एमाले एक्लैको बहुमत थियो । स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्या पनि धेरै थियो । अन्य प्रदेशमा पनि एमालेको सम्मानजनक उपस्थिति थियो । पार्टी विभाजन नभएको भए एमालेबाहेकको गठबन्धन बन्दा पनि उसको उपस्थिति बलियो नै हुन्थ्यो ।

तर, ओलीको दम्भ र अहंकारका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै एमाले पनि विभाजित भयो । सोही कारण गठबन्धन दलहरूसामु एमालेको उपस्थिति कमजोर सावित हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै