Comments Add Comment

Advertisment

SKIP THIS

विद्युत्‌का खम्बा गाड्न ४२ लाखको बोलपत्र आह्वान

२२ पुष , काठमाडौ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले बाढी र पहिरो प्रभावित क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्न खम्बा गाड्ने योजनालाई अघि बढाएको छ । यसका लागि केन्द्रले झण्डै ४२ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको छ ।

विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत कूल दुई करोड ५० लाख रुपैयाँको लागतमा राष्ट्रिय विद्युत् प्रसारण प्रणाली विस्तारका लागि खम्बा गाड्न ४१ लाख ८१ हजार ९२० को बोलपत्र आह्वान गरेको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।

राष्ट्रिय विद्युत् प्रसारण प्रणाली विस्तारका लागि तिला–४ को त्रिवेणीदेखि नुवाकोट, तातोपानीका वडा नं ७ र ८ मा पर्ने तथा सर्मी, सुर्कीदेखि ताम्ती र गुठिचौर गाउँपालिकाका विभिन्न ठाउँमा पोल गाड्न बोलपत्र आह्वान गरिएको केन्द्र प्रमुख रावलले बताए । ‘बोलपत्र आह्वान भएअनुसार ठेकेदार छनोटमा दुईरतीन महिना लागिहाल्छ’, उनले भने, ‘ती ठाउँमा विद्युत् प्रसारण लाइन जोड्न दुई वर्ष लाग्छ ।’

दुई करोड ५० लाख बजेटबाट जहाँसम्म पुग्छ त्यहीसम्म पोल गाड्ने उनको भनाइ छ। विकल्पका रुपमा पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई जेनेरेटरबाट विद्युत् आपूर्ति गर्ने भनिए पनि यो झण्झटिलो र खर्चिलो भएकाले जनतालाई झन सास्ती हुने केन्द्र प्रमुख रावतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै