Comments Add Comment

Advertisment

SKIP THIS

सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा लोकार्पण प्रकाशित

२८ पुष , काठमाडौ । शिक्षा तथा समाजसेवी सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’को लोकार्पण प्रकाशित ।


प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ स्मृतिग्रन्थको लोकार्पणको विशेष समारोहको व्यवस्थापन निकै राम्रो लागेकोस आफ्ना पिता, सामाजसेवी व्यक्तित्वको सम्मानमा परिवारजनको विशेष पहलमा उहाँले गर्नुभएका सत्कर्मको अभिलेखन गर्ने महत्त्वपूर्ण कार्य भएको छ ।

गु्णग्राही परिवारजनका तर्फबाट आफ्ना अभिभावकले समाजसेवाका माध्यमबाट, ज्येष्ठ नागरिकका अधिकारप्राप्तिका लागि गरेका सङ्घर्ष र प्राप्त उपलब्धि सबैलाई अभिलिखित गर्ने यो सत्कार्य आफैँमा अनुकरणीय रहेको छ । ज्येष्ठ नागरिक सीताराममा भोजपुरे चेतनाको प्रभाव परेको, कृषि अर्थतन्त्रको विकासमा वैज्ञानिक खेती प्रणाली आवश्यक छ भन्ने चेतना समुन्नत रहेको, समाज विकासका माध्यमबाट समुन्नत राष्ट्र बनाउनुपर्छ भन्ने मान्यता राख्ने अभिभावकलाई गुमनाम हुन नदिन र समाज रूपान्तरणका अभियन्ता तथा देशभक्त समाजसुधारकलाई चिनाउने र उहाँले गर्नुभएका सत्कर्मलाई अभिलिखित गर्न गरिएको यो प्रयत्न अत्यन्तै अनुकरणीय रहेको छ । अब सीताराम पारिवारिक अवस्थाबाट माथि उठेर राष्ट्रिय व्यक्तित्व यसै कृतिका माध्यमबाट बन्नु हने छ । यो स्तुत्य कार्य असल संस्कारको उपज पनि हो ।

यो सत्कार्यका लागि तपाईं परिवारजनलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु भन्नुभयो । उपस्थित व्यक्तित्वहरूलाई र ग्रन्थ प्रकाशनमा रचना उपलब्ध गराइदिनेहरू, सम्पादन गरिदिनेहरू, प्रकाशनको चरणमा पुर्याइदिनेहरू, निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिने प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिज्यूहरू आदि सबै सबैलाई फाउन्डेसनका तर्फबाट भीमप्रसाद ढकालले धन्यवाद अर्पण गर्नुभयो भने सभाध्यक्षले सबै सबैलाई आभार व्यक्त गर्दै समारोहको समापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै