
२९ पुष, काठमाडौ । नेपाल प्रहरीले साउदी अरबमा पक्राउ परेका हत्या अभियुक्त गोविन्द मगरलाई नेपाल ल्याएको छ। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को काठमाडौं एनसीबीबाट खटिएको टोलीले हत्या अभियुक्तलाई साउदी अरब पुगेर नेपाल ल्याएको हो।
हत्याको १७ वर्षपछि गोविन्द मगरलाई बुधबार राती साउदी अरबबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। मगरले १३ मंसिर २०६१ मा उदयपुरमा दुईजनाको हत्या गरेका थिए।
उनीविरुद्ध जीतबहादुर तामाङले जाहेरी दिएका थिए। उदयपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएर इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा एनसीबी काठमाडौंले इन्टरपोललाई पत्र लेखेको थियो।
प्रहरीले घटनाको १७ वर्षपछि उदयपुरमा भएको हत्या घटनाका अभियुक्तलाई साउदी अरबबाट बुधबार राती नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल० को काठमाडौं एनसीबीबाट खटिएको टोलीले हत्या अभियुक्त गोविन्द मगरलाई साउदी अरब पुगेर नेपाल ल्याएको हो ।







