Comments Add Comment

Advertisment

SKIP THIS

कर्मचारीको सुरक्षा त्रासका कारण हङकङको सिटिजन न्यूज बन्द गरिने

३० पुष, काठमाडौ । हङकङको स्वतन्त्र अनलाइन समाचार आउटलेट सिटिजन न्युज पाँच वर्षपछि गत मङ्गलबारदेखि बन्द भएको छ। चिनियाँ शासित क्षेत्रमा बिग्रँदै गएको मिडिया वातावरण र आफ्ना कर्मचारीको सुरक्षाको चिन्तालाई लिएर सिटिजन न्युज बन्द गरिएको बताइएको छ।

गत आइतबार सामाजिक सञ्जालमा गरिएको यो घोषणा लगत्तै करिब २०० प्रहरीले अर्को स्वतन्त्र मिडिया आउटलेटमा छापा मारेर यसका वरिष्ठ सम्पादकहरूलाई देशद्रोहको आरोप लगाउँदै नियन्त्रणमा लिएका थिए। चिनियाँ अधिकारीहरुले स्ट्यान्ड न्यूजको कार्यालयमा छापा मारेको थियो। हङकङ प्रहरीले दुई पूर्व स्ट्यान्ड न्यूज सम्पादकमाथि देशद्रोहको आरोप लगाएको छ।

हङकङको स्ट्यान्ड न्यूज आउटलेट पुलिस छापा पछि बन्द भएको छ। सिटिजन न्यूजले आफ्नो रिपोर्टिङका ​​साथ सार्वजनिक सेवा र बृहत्तर सार्वजनिक हित गर्न प्रतिबद्ध दिग्गज पत्रकारहरूले सन् २०१७ मा आउटलेट स्थापना गरेको उल्लेख गर्दै यो भारी मनका साथ बन्द गर्ने निर्णयमा पुगेको बताएको छ।

हामीले हाम्रो मौलिक उद्देश्यलाई कहिल्यै बिर्सेका छैनौं, मिडिया समूहले एक विज्ञप्तिमा भन्यो, दुःखको कुरा, विगत दुई वर्षमा हाम्रो समाजमा आएको परिवर्तन र बिग्रिएको मिडिया वातावरणका कारण हामी डरविना हाम्रा विश्वासहरूलाई वास्तविकतामा परिणत गर्न प्रयास गर्न सक्दैनौं।

बेइजिङले सन् १९९७ मा यो क्षेत्र चिनियाँ शासनमा फिर्ता हुँदा कम्तिमा ५० वर्षसम्म स्वतन्त्र मिडिया सहित हङकङको स्वतन्त्रता र जीवन शैलीलाई सम्मान गर्ने वाचा गरेको थियो। तर प्रजातन्त्र समर्थक कार्यकर्ता र अधिकार समूहहरूले स्वतन्त्रताहरू क्षीण भएको बताउँदै आएका छन्।

२०१९ मा जन लोकतन्त्रको माग गर्दै विरोध प्रदर्शन भएपछि बेइजिङले जुन २०२० मा यस क्षेत्रमा राष्ट्रिय सुरक्षा कानून लागु गरेको थियो। उक्त कानुन लागु भएपछि हङकङको स्वतन्त्रता समाप्त भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment