
१ माघ, काठमाडौ । बाँकेमा चोरीको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-१४ जमुनाहा बस्ने समहि कोरी रहेका छन् ।
आइतबार बिहान मोटरसाइकल चोरी भएको भनि प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले चोरी गरेर भारततर्फ लैजादै गरेको अवस्थामा भे२प ८६९५ नम्बरको मोटरसाइकलसहित कोरीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका कोरी उपर थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








