Comments Add Comment

Advertisment

SKIP THIS

बसको ठक्करबाट काठमाडौं मनमैजुका एक युवकको मृत्यु

१ माघ, काठमाडौ । काठमाडौंको कलंकीमा शनिबार बेलुकी सवा ७ बजे बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

कलंकीबाट स्वयम्भु तर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८–प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौं मनमैजु बस्ने रुकुम पुर्व घर भएका २१ बर्षीय संगित बुढामगरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा पौने ८ बजे मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन् । उनको उपचार पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा भइरहेको छ ।

ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

सवारी दुर्घटनामा एक युवकको मृत्यु

छतबाट खसेर एक युवकको मृत्यु