Comments Add Comment

Advertisment

SKIP THIS

कोरोनाको आक्रमणमा सिंहदरबार, चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई संक्रमण


३ माघ , काठमाण्डौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरसको तेस्रो लहरको आक्रमणमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको छ । संक्रमित हुनेमा प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिव हुन् ।

प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । उनलाई संक्रमण भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सबै सचिवहरू होमआइसोलेसनमा छन् । सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पीसीआर परीक्षण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ । तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै