१२ माघ , काठमाडौँ । प्रहरीले काठमाडौंको कपनबाट दुई जना ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले सोमबार अपरान्ह साढे ५ बजे बूढानीलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोकबाट दुई जनालाई पक्राउ गरेको हो ।
धनकुटा घर भई बूढानीलकण्ठ-११ गैरीगाउँ बस्ने २९ वर्षीया रेनुका तामाङ र धनुषा घर भई बूढानीलकण्ठ एकताबस्ती बस्ने २१ वर्षीया लक्ष्मी लामा पक्राउ परेकी हुन् । गोप्य सूचनाको आधारमा प्रभागबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूबाट प्रहरीले सानो-सानो पोका बनाएर भित्र लागुऔषध ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको हो ।
प्रभागका अनुसार १०.९३ ग्राम ब्राउन सुगर फेला परेको हो ।








