Comments Add Comment

Advertisment

SKIP THIS

कानुनभन्दा माथि क्रसर व्यवसायी

१४ माघ, काठमाडौँ। लहान नगरपालिका–१४ बस्तीपुरस्थित खुट्टीखोलामा क्रसर उद्योग सञ्चालन भैरहेको छ। खोलामै सञ्चालित यस क्रसर उद्योगको अभिलेख घरेलु तथा साना उद्योग कार्यालय लहानमा छैन। जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवका अनुसार यो क्रसर उद्योग बिनादर्ता सञ्चालन भैरहेको छ। ‘घरेलु कार्यालयमा दर्ता नै नभएको उद्योगको अनुगमन, नियन्त्रण वा कारबाही मैले गर्न मिल्दैन’, उनले भने ।

डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाष दासका अनुसार खुट्टीखोलामा सञ्चालित क्रसर उद्योगले क्रसर सञ्चालनसम्बन्धी मापदण्ड पालना गरेको छैन। ‘यो उद्योगको वातावरणीय प्रभाव मूल्यांकनसमेत भएको छैन’, उनले भने, ‘बिना वातावरणीय मूल्यांकन कुनै पनि खोलाबाट नदीजन्य पदार्थ निकाल्न पाइँदैन ।’ तर यो खोलामा क्रसर स्थापना गरेर उपकरण प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ।‘यो कानुनविपरीतको कार्य कसरी बेरोकटोक भैरहेको छ, मलाई थाहा भएन’, दासले भने।

जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुरले खुट्टीखोलामा कानुनविपरीत क्रसर सञ्चालन भएको जानकारी प्राप्त गरेको बताए। ‘यस विषयमा थप बुझ्न जिल्ला प्रशासन कार्यालय पुग्दा प्रमुख जिल्ला अधिकारी बिदामा रहेछन्’, ठाकुरले भने, ‘उनी आएपछि यस विषयमा थप बुझ्छु।’ यो समाचार नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै