Comments Add Comment

Advertisment

SKIP THIS

फ्रान्स र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

१६ माघ , काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोन वार्ता भएको छ । उनीहरुबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

शनिबार भएको सो फोनवार्ताका क्रममा युक्रेनमा पछिल्लो समयमा विकसित राजनीतिक विकासक्रमका बारेमा कुराकानी भएको बताइएको छ ।

उनीहरुबीचमा खासगरी पूर्वी युक्रेनमा रुसका कारणले उत्पन्न भएको परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ । पूर्वी युक्रेनको रुसी सीमा क्षेत्रमा पछिल्लो समयमा रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको बताइएको छ ।

यसलाई अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले रुसले युक्रेनमाथि हमला गर्न लागेको बताइरहेका छन् । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी यस भनाईको खण्डन गरेका छन् । उनले युक्रेनमा हमला गर्ने योजना नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै