माघ १६ , काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा साधना लघुवित्तको खुद नाफलगायतको प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ११५.९१५ % ले बढेर ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ५० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी ६१.४६५ % ले बढेर १४ करोड ८८ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ९ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा १०९.४४५ % ले बढेर १० करोड ४१ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४ करोड ९७ लाख ३० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा साधनाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९५ पैसाले बढेर ४७ रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा छ । खराब कर्जा २.२४५ % ले घटेर १.२८५% मा आएको छ ।



