Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर ५ मा दसौं वर्षदेखि कब्जा गरिएको प्रतिजग्गा फिर्ता गर्न वडा अध्यक्ष सफल

१५ माघ, काठमाडौं । तार्केश्वर नगरपालिका वडा नं.५ मा अबस्थित रुद्रमति क्रियापुत्री भवनसंगैको प्रतिजग्गा मिचि निर्माण गरिएको निजि घरको कम्पाउन भत्काइएको छ । विहिवार वडाध्यक्ष बासु गौतम र नगरपालिकाका इन्जिनियर मिलन आर्यालको निर्देशनमा घरको कम्पाउन भत्काएको स्थानीय विश्वनाथ तिमिल्सिनाले जानकारी दिए ।

प्रतिजग्गा मिचिर घर निर्माण गरिएको बिषयमा स्थानीयले चर्को बिरोध गर्दै कार्वाहीको माग गर्दै आएका थिए । वडा अध्यक्ष बासु गौतम र इन्जिनियर आर्यालको कामबाट प्रतिजग्गा जोगाउन सक्रिय तार्केश्वरवासी हर्षित भएको समेत तिमिल्सिनाले बताए । निरन्तर प्रतिजग्गा जोगाउन सक्रियता देखाउदै आएका वडाअध्यक्ष गौतमले प्रतिजग्गा तारकेश्वरवासीको सार्वजनिक सम्पति भएको भन्दै विभिन्न बहानामा मिचिएका प्रतिजग्गा अब कुनै हालतमा नछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिजग्गा मिचिएको समाचार विभिन्न अनलाइन मिडियाहरुमा सार्वजनिक भएपछि वडाध्यक्ष गौतम र इन्जिनियर अर्यालले घरको कम्पाउन भत्काउन दिर्देशन दिए पनि घरधनीले विभिन्न बहाना बनाउदै आलटाल गर्दै आएका थिए । दसौं वर्षदेखि कब्जा गरिएको प्रतिजग्गा फिर्ता गर्नु वडाअध्यक्ष बासु गौतमसंगै तार्केश्वरवासीको ठुलो सफलता नेकपा एमाले तार्केश्वेर वडा–५ का सचिव बलराम धितालले बताए । स्थानीय शिक्षक हरि प्रसाद दाहालले प्रतिजग्गा जोगाउने वडाअध्यक्षको कदमले दसौं वर्ष पुरानो सपना पुरा भएकोका खुशी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै