Comments Add Comment

Advertisment

SKIP THIS

जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु


१७ माघ , काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१३, चारालीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । चाराली बजारस्थित इलाम रोडनजिकै घर भएका ७१ वर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको हो ।

सोमबार बिहान घरमै अन्न खान आएको हात्तीलाई धपाउने क्रममा हात्तीको आक्रमणमा परेर उनी गम्भीर घाइते भएका थिए । घाइते कार्कीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

झापामा यसै महिना जंगली हात्तीको आक्रममा परी दुईजनाको मृत्यु भइसकेको छ । पाँच दिनअघि मात्रै दमक नगरपालिका–३, गोलटारका ६२ वर्षीय गणेश अधिकारीको मृत्यु भएको थियो । खेतमा पानी लगाउन गएको समयमा उनीमाथि हात्तीले आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

चट्याङ लागेर एक वृद्धको मृत्यु

साइकलको ठक्करबाट एक वृद्धको मृत्यु