Comments Add Comment

Advertisment

SKIP THIS

ओरालो लागेका आर्यनलाई ‘लाखे’ ले जोगाउला ?

१७ माघ , काठमाडौं । बलिउड सुपरस्टार टाइगर श्राफको झल्को दिने शरीरका कारण अभिनेता आर्यन अधिकारी प्रायः चर्चामा रहन्छन् । धेरैले उनलाई ‘नेपालको टाइगर श्राफ’ भन्ने गरेका छन् ।

नेपालमा सिक्स प्याक हिरोको चर्को खडेरी रहेको अवस्थामा उनको आगमनलाई धेरैले आशातित नजरले हेरेका थिए । तर, डेब्यू फिल्म ‘के म तिम्रो होइन र रु’ नै पत्तासाफ हुँदा उनको करिअरलाई ठूलो धक्का पुग्यो । यद्यपि, डेब्यू फिल्म फ्लप भएपनि आर्यनले काम भने लगातार पाइरहे । ‘बाँध मायाले, बट्टरफ्लाई’ सँगै हिन्दी फिल्म ‘कड्के कमाल के’ मा काम गरेका उनको ‘जस्मिन’ नामक फिल्म प्रदर्शन हुनै बाँकी छ ।

तर, जति नै फिल्ममा अभिनय गरेपनि उनका लागि सफलता ‘आकाशको फल’ जस्तो भएको छ । लगातार फिल्मको असफलताले उनीमाथि निर्माता-निर्देशकको विश्वास गुमेको छ । फिल्मबाट अफर र सफलता दुवै नमिलेपछि केही समय अमेरिका बसेका उनी यतिबेला नयाँ फिल्म ‘लाखे’ का लागि नेपालमा छन् । विगत दुई हप्तादेखि छायांकन भइरहेको फिल्ममा नाम चलेका कलाकारहरुको ताँती छ ।

सिक्स प्याक शरीर देखाएर जबरजस्ती हिरो बन्न खोजेको आरोप समेत खेपिरहेका उनलाई यसपटक अभिनयमा पनि प्रमाणित गर्नुपर्ने चुनौती छ । यसकारण ‘लाखे’ उनको अग्नीपरीक्षा हो भन्दा फरक पर्दैन । आर्यन पनि यो फिल्मले आफ्नो करिअर उकास्नेमा विश्वस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment