१८ माघ , काठमाडौं । सुनसरीको धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान नगरपालिका-८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ १६ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
मृतकमा उच्च रक्तचाप, मधुमेह तथा लिभरसम्बन्धी समस्या थियो ।



