Comments Add Comment

Advertisment

SKIP THIS

सिमसार अतिक्रमणले जैविक विविधतामा ह्रास

१९ माघ , काठमाडौं । हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मुलुकमा बढ्दो कोभिड–१९ को सङ्क्रमणका कारण तोकिएका जनस्वास्थका मापदण्ड पालना गरी मधेस प्रदेशको अगुवाइमा सिमसार संरक्षणसम्बन्धी राष्ट्रियस्तरको कार्यक्रम कोसीटप्पु वन्यजन्तु आरक्षमा गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभाग, मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको संयुक्त आयोजनामा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवको आतिथ्यतामा आरक्षको पश्चिमतर्फ सप्तरीमा कार्यक्रम गर्न लागिएको हो ।

संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयहरूमा स्वास्थ्यका मापदण्ड पालना गरी दिवसका विभिन्न कार्यक्रम गर्न लागिएको विभाग र वन तथा भू–संरक्षण विभागले जनाएका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।

सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उहाँले जानकारी दिए । यसबाहेक जलवायु परिर्वतनका असरले पोखरी सुक्दै गएका कारण पनि सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै