Comments Add Comment

Advertisment

SKIP THIS

तीव्र गतिमा कुदेका सवारीसाधन ललितपुर ट्राफिकको फन्दामा परे

१९ माघ , काठमाडौं । काठमाडौं उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोगलाई  तीव्रता दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ‘लेजर स्पिड गन’ प्रयोगलाई ट्राफिक प्रहरीले तीव्रता दिएको छ । ट्राफिक महाशाखाले कोटेश्वर–कलंकी र कोटेश्वर–सूर्यविनायक सडकखण्डमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग गरिरहेको उपत्यका ट्राफिक प्रमुख एसएसपी उमेश राज जोशीले बताउनुभयो ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणको लागि ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि आज बालकुमारीस्थित आकाशे पुलनिर चेकजाँच गरेर एक सयभन्दा बढी सवारीसाधनलाई कारबाहीमा परेको ललितपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नरेश शाहीले बताएका छन् ।

साथै कारबाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक रहेको एसएसपी जोशीले जानकारी दिए । कोटेश्वर–कलंकी सडकखण्डमा सवारी चालकको लापरबाहीले धेरै दुर्घटना हुनेगरेकोले महानगरिय ट्राफिक प्रहरी महाशाखाले ‘लेजर स्पिड गन’ मार्फत सवारीसाधनको गति मापन गर्दै आएको छ । ‘लेजर स्पिड गन’ मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्नुका साथै सडक दुर्घटनामा धेरै कमि आउने ट्राफिक प्रमुख एसएसपी उमेश राज जोशीले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै