Comments Add Comment

Advertisment

SKIP THIS

३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ

२० माघ , काठमाडौं । ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

साहलाई सेवाग्राहीबाट ३ हजार ५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै