Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर मेयरमा एमालेबाट रामेश्वरनै दोहोरिने

२४ माघ , काठमाडौं । राजधानी काठमाडौंको तार्केश्वर नगरपालिकाको आगामी मेयरमा नेकपा एमालेबाट हालका मेयर रामेश्वर बोहरानै दोहोरीने पक्कापक्की भएको छ । स्थानीयतहको निर्वाचन हुने चर्चासंगै विभिन्न पार्टीबाट आकाक्षीहरुले आ-आफ्नो दावी प्रस्तुत गर्न थालेसंगै तार्केश्वरमा एमालेबाट बोहरानै दोहोरीने चर्चा एमाले भित्र हुन थालेको छ ।

आगामी बैशाख ३० गते हुने निर्वाचनमा तार्केश्वरमा एमालेबाट हालका मेयर बोहरानै दोहोरीले पक्कापक्की भएको एमालेका एक नेताले जानकारी दिए । बोहराको नाममा कुनै विवाद नरहेको र उनी पार्टी भित्रको साझा उम्मेद्बार रहेको समेत ती नेताले बताए । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य समेत रहेका बोहरा सफल मेयरको रुपमा चिनिन्छन ।

२०४९ र ०५४ मा दुईपटक साबिक मनमैजु गाबिसको अध्यक्षसमेत रहिसकेका बोहरा हाल तार्केश्वरको मेयरको रुपमा जनतामाझ लोकप्रिय छन् । विकासप्रेमी बोहराले आफ्नो कार्यकालमा नगरको मुहारनै फेरेको स्थानीय राजेन्द्र चापागाईंले बताए । उनले राजधानी भित्र रहेर पनि बिकासमा पछि परेको तार्केश्वरमा बोहरा मेयरमा निर्वाचित भएसंगै नगरपालिकाको मुहारनै फेरिएको दावी गरे । बिकासको बाकी काम सम्पन्न गर्न पनि थप एक कार्यकाल बोहरानै मेयरमा जित्नुपर्ने उनको तर्क रहेको छ ।

तार्केश्वरका नेकपा एमाले जनमतको आधारमा पहिलो पार्टीको रुपमा रहेको छ । यसरी बोहरा तार्केश्वर मेयरका बलिया उम्मेद्बार हुन् । स्थानीय जनताविच लोकप्रिय बोहरा मेयरमा निर्वाचित भएसंगै जनताको काममा निरन्तर सक्रिय रहदै आएका छन् ।

मेयर बोहराले सुरु गरेको बिकासको कामलाई पुर्णता दिन पनि तार्केश्वरमा पुनः एकपटक उनलाईनै मेयरमा जिताउनु पर्ने स्थानीय विश्वनाथ तिमिल्सिनाले बताए ।

इमान्दार र हक्की नेताको छवि बनाएका बोहोरालाई फरकदलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत साथ दिने तार्केश्वरमा चर्चा छ । तार्केश्वर नगरपालिकाको आगामी मेयरमा कांग्रेसबाट कृष्णहरि महर्जन, इच्छाराम कार्की माओवादी केन्द्रबाट राम कुमार थापाले उम्मेद्बारी दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै