Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसीविरुद्ध ८ वटा राजनीतिक संगठनद्धारा प्रदर्शन

२६ माघ , काठमाडौं । अमेरिकी सहयोग परियोजना ‘एमसीसी’विरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ ।

सत्तारुढ दल राष्ट्रिय जनमोर्चासहित नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत ८ वटा राजनीतिक संगठनले संयुक्त रुपमा बुधबार एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलामा जम्मा भई बानेश्वरस्थित संसद भवन अगाडि पुगेर उनीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment