Comments Add Comment

Advertisment

SKIP THIS

कमल थापाले छाड्दैमा राप्रपालाई असर पर्दैन: राजेन्द्र अध्यक्ष लिङ्देन

२६ माघ, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताउनुभएको छ । बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताउनुभएको हो ।

राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उहाँको भनाई थियो । उहाँले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, “यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जिवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडि बढ्छौँ । हामीले सबै साथीहरुलाई आह्वान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने यो छोड्ने क्रममा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरु गर्नु हुने छैन । अहिले भूमिकाविहीन रहेका केही साथीहरुले यसप्रकारको निर्णय गरेको सुन्नमा आएको छ । अरु साथीहरुलाई पनि हामी आग्रह गर्छौँ, उहाँहरुलाई पनि आग्रह गर्छौँ, र आम हाम्रा नेता, कार्यकर्ता र शुभेच्छुक साथीहरुलाई आह्वान गर्छौँ कि यो घटनाबाट कसैले पनि विचलित हुनुपर्दैन ।”

थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा थापाले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै